एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार राति एन्फिल्डमा घरेलु टोली लिभरपुल र ब्राइटनले २-२ गोलको बराबरी खेलेका हुन् ।
खेलमा घरेलु टोली लिभरपुलको दोब्बर अग्रता बनाएको थियो । तर उक्त अग्रता उल्टाउँदै ब्राइटनले अङ्क बाँडेको हो । खेलको चौथो मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २४औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले आफ्नो अग्रता दोब्बर बनायो ।
त्यसपछि पहलिो हाफको खेलको ४१औं मिनेटमा इनक वेपुले गोल गर्दै ब्राइटनलाई पहिलो हाफभरि २-१ गोलको अवस्थामा फर्काए । र ६५औं मिनेटमा लेयन्द्रो ट्रोसर्डले गोल गरेपछि ब्राइटन २-२ गोलको बराबरीमा फर्कियो ।
उक्त बराबरीसँगै दोस्रो स्थानको लिभरपुलले १० खेलमा २२ अङ्क जोडेको छ । यता ब्राइटन भने समान खेलबाट १६ अङ्कका साथ दसौँ स्थानमा रहेको छ ।


