शुक्रबार, भाद्र २६ गते २०८३
images

मेयर कप भेट्रान्स फुटबल : आर्मीलाई हराउँदै झापा फाइनलमा

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 311
    SHARES
  • मेयर कप भेट्रान्स फुटबल : आर्मीलाई हराउँदै झापा फाइनलमा

    कात्तिक १४ काठमाडौं । बलियो टाली नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी "मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता"मा  फाइनल प्रवेश गरेको छ । आइतबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा झापाले आर्मीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

    images

    झापाको जितमा कप्तान भेषाराज लिम्बू र श्यामकुमार गोलेले एक-एक गोल गरे । खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे । झापाका  कप्तान भेष म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ । 

    दोस्रो सेमिफाइनलमा केही समयपछि खुमलटार र सानो गौचरण नाइट किङ क्लब ( एसएनकेसी ) भिड्नेछन । लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टालीलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टालीले दोस्रो चरणमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

    images