मंगलबार, श्रावण १२ गते २०८३
images
images

काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

एक्सप्रेस पाना
श्रावण १, २०८३ शुक्रबार
  • 103
    SHARES
  • काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

    काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।  

    images

    शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।  

    images

    प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना