काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ ।
आज बजार ७.२५ अंकले बढेर २७२६.४९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ५१ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ६७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०३ कम्पनकिो सेयर मुल्य बढेको छ भने १६२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।



