शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो हार,नेदरल्याण्डससँग ६ विकेटले पराजित

एक्सप्रेस पाना
श्रावण ७, २०८३ बिहीबार
  • 355
    SHARES
  • विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो हार,नेदरल्याण्डससँग ६ विकेटले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भयो। नेपालको इनिङ्समा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए भने गुलशन झाले २९ तथा दीपेन्द्र सिंह ऐरीले २१ रनको योगदान दिए। 

    १५८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले ४४.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । 

    images