कात्तिक १५ सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका-८ मा रहेको मिलनचोक म्हे-म्हे खेल मैदानमा हिजोबाट सुरु भएको प्रमथ म्हे म्हे स्मृति खुल्ला फुटबल प्रतियोगिता श्री कृष्ण युवा क्लबले विजयी सुरु गरेको छ ।
आज भएको खेलमा श्री सिंहमोती युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै श्री कृष्ण युवा क्लब अघिल्लो चरणमा प्रवेश गरेको हो । मिलनचोक युवा समाजको आयोजनामा सुरु भएको यस प्रतियोगितामा आयोजक २ टोलीसहित कुल १८ टोलीको सहभागिता रहेको छ ।
खेल नकआउटका चरमा खेलाइने छ । भने खेल ७० मिनेटको हुनेछ । जसमा पहिलो हाफ ३५ मिनेट र दोस्रो हाफ ३५ मिनेटको हुने आयोजकले जनाएको छ । साथै यस प्रतियोगिताको विजेताले नगद १ लाख र दोस्रो हुने टोलीले नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।


