शुक्रबार, भाद्र २६ गते २०८३
images

बसको ठक्करले कार सुनकोशीमा खस्यो, चार जनाको खोजी तथा उद्धार जारी

एक्सप्रेस पाना
श्रावण १८, २०८३ सोमबार
  • 277
    SHARES
  • बसको ठक्करले कार सुनकोशीमा खस्यो, चार जनाको खोजी तथा उद्धार जारी

    रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।

    images

    स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।

    दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ ।

    images

    घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनकोशी