शुक्रबार, भाद्र २६ गते २०८३
images

५८ वर्षपछि रोहिणीका स्थानीयले पाए लालपुर्जा

एक्सप्रेस पाना
श्रावण २२, २०८३ शुक्रबार
  • 123
    SHARES
  • ५८ वर्षपछि रोहिणीका स्थानीयले पाए लालपुर्जा

    काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

    images

    २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ। 

    स्थानीयका अनुसार वर्षौंदेखि लालपुर्जा नहुँदा जग्गा किनबेच, बैंकबाट ऋण लिन तथा कानुनी स्वामित्व पुष्टि गर्न कठिनाइ हुँदै आएको थियो। लालपुर्जा वितरणसँगै अब उनीहरूले आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको र आर्थिक तथा सामाजिक गतिविधिमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

    images

  • सम्बन्धित विषय:

  • # लालपुर्जा