शुक्रबार, भाद्र २६ गते २०८३
images

उपत्यकामा २४ घण्टामा ८२७ सवारी साधनमाथि ट्राफिक कारबाही

एक्सप्रेस पाना
श्रावण ३१, २०८३ आइतबार
  • 78
    SHARES
  • उपत्यकामा २४ घण्टामा ८२७ सवारी साधनमाथि ट्राफिक कारबाही

    काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारबाही गरिएको हो।

    कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १६८, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३, सीसीटीभीमार्फत ६६, रेड लाइट उल्लङ्घन गर्ने ५५, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ७, लेन अनुशासन उल्लङ्घन गर्ने ४ र सवारीको अवस्था ठीक नभएका २० सवारीसाधन रहेका छन्।

    images

    यस्तै, वन वे नियम उल्लङ्घन गर्ने ४ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ४२० सवारीसाधन कारबाहीमा परेका छन्।

    ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा चेकजाँच तथा कारबाही गर्दै आएको जनाएको छ।