शुक्रबार, भाद्र २६ गते २०८३
images

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरसहित)

एक्सप्रेस पाना
भाद्र १, २०८३ सोमबार
  • 95
    SHARES
  • नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आज घरका मूलढोकामा समेत नागको तस्वीर टाँसी पूजा गर्ने चलन छ ।

    images

    photo-8_a8cddf1d.jpg

    photo-22_2f401f6e.jpg

    images

    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    photo-22_2f401f6e.jpg

  • सम्बन्धित विषय:

  • # नागपोखरी
  • # नागपञ्चमी