सोमबार, कार्तिक १७ गते २०८३
images
images

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

एक्सप्रेस पाना
भाद्र १, २०८३ सोमबार
  • 212
    SHARES
  • पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई हिरासतबाट मुक्त गरी बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

    images

    श्रेष्ठकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले यस्तो आदेश दिएको हो।

    अदालतले श्रेष्ठलाई हिरासतमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई आदेश दिएको छ।

    images

  • सम्बन्धित विषय:

  • # किशोर श्रेष्ठ