शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली सेनामा दुई अधिकृतलाई बढुवा दर्ज्यानी चिन्ह प्रदान

एक्सप्रेस पाना
भाद्र ३, २०८३ बुधबार
  • 93
    SHARES
  • नेपाली सेनामा दुई अधिकृतलाई बढुवा दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

    images

    जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । 

    सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरे ।

    images

    समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # दर्ज्यानी चिन्ह