शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

एक्सप्रेस पाना
भाद्र ५, २०८३ शुक्रबार
  • 92
    SHARES
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।

    images

    मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन् । उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए ।

    images

    कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभव छ ।

    उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा उनले अन्तर्राष्ट्रियस्तरका तालिमसमेत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष