शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न:‘के खान जानुभएको ?’

एक्सप्रेस पाना
भाद्र ८, २०८३ सोमबार
  • 145
    SHARES
  • प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न:‘के खान जानुभएको ?’

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन् । 

    images

    उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ । प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । प्रधानमन्त्री एक्लै जानुभएको हैन । उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैँ अटोमेटिकली सक्रिय भएर जाने गर्छ । उहाँ निजी जानुभएको, मन्त्रिपरिषद्लाई, संसद्लाई सूचना नदिई जानुभएको । के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो अहिले, त्यो पनि भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

    सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले कोशी ब्यारेजका ५६ वटा ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गरे ।  

    images

    उनले भने, ‘विपद्ले मुलुक आक्रान्त छ । सुनसरीको बराहक्षेत्रमा कोशी कटानले गर्दा त्यहाँ विघौँ–विघा खेतीयोग्य जमिन काटिएर नाश भइरहेको छ । त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरुन्त गर्नुपर्छ । त्यसको मूल कारण मैले बुझ्दा कोशी ब्यारेजका ५६ वटा ढोका जुन हामीले बन्द गरेर राख्छौँ । त्यो ५६ वटा खोल्ने साँचो कोसँग छ ? त्यो किन नखोल्ने ? जहिले पनि बाढीपहिरो आउँछ, सप्तकोशीलाई थुनेर राखेर सालैपिच्छे हाम्रो खेतीयोग्य जमिन डुबान हुने गरेको छ । यसतर्फ सरकारले तुरुन्तै एक्सन लिनुपर्छ ।’

    त्यस्तै, उनले कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने गरेको आरोप लगाए । नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै बलात्कारसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # हर्क राई