शुक्रबार, भाद्र २६ गते २०८३
images

आसिफको ब्याटिङमा चम्कियो नेपाल, मलेसिया ९ विकेटले पराजित

एक्सप्रेस पाना
भाद्र ९, २०८३ मंगलबार
  • 195
    SHARES
  • आसिफको ब्याटिङमा चम्कियो नेपाल, मलेसिया ९ विकेटले पराजित

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको शानदार जित हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले मलेसियाले दिएको लक्ष्य सहजै पूरा गर्दै प्रभावशाली जित निकालेको हो।

    images

    २३३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल ४८ ओभरमा छोट्याइएको थियो। त्यसपछि नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले २८ ओभरमै मात्र १ विकेट गुमाएर पूरा गर्‍यो।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो। नेपालको बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

    images

    नेपालका लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिङ गर्दै १६१ रन बनाए। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे। यस्तै, अर्जुन कुमाल ६१ रनमा अविजित रहे।

     

  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप