शुक्रबार, भाद्र २६ गते २०८३
images

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

एक्सप्रेस पाना
भाद्र ११, २०८३ बिहीबार
  • 107
    SHARES
  • ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८८५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    images

    बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो ।

    बाढीका कारण कैयौं नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ । बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पूर्‍याएको  बैंकको भनाइ छ ।

    images

    बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गर्न लागिएको हो ।

    बैंकले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ । बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्मा बैंकले सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ ।

    बैंकका अनुसार हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।

    बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक लिमिटेड