शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण

एक्सप्रेस पाना
भाद्र ११, २०८३ बिहीबार
  • 154
    SHARES
  • प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

    images

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोली लिएर प्रधानमन्त्री शाह बिहीबार बिहान सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। टोलीले विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीबाट भएको क्षति र उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएको थियो।

    बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका थिए। बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका थिए।

    images

    स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको भौतिक क्षतिको अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, उद्धार तथा पुनर्स्थापनाका विषयमा छलफल गरेका थिए।

    सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

    स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाह नेतृत्वको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री वालेन्द्र शाह