शुक्रबार, भाद्र २६ गते २०८३
images

भोटेकोशीमा फेरि बाढीको जोखिम,नदी थुनिएर बनेको ताल फुट्ने खतरा

एक्सप्रेस पाना
भाद्र ११, २०८३ बिहीबार
  • 318
    SHARES
  • भोटेकोशीमा फेरि बाढीको जोखिम,नदी थुनिएर बनेको ताल फुट्ने खतरा

    काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढीको जोखिम देखिएको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    images

    चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार यसअघि बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त तालको पानीको सतह बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ।

    बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। 

    images

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी