शुक्रबार, भाद्र २६ गते २०८३
images

रवीन्द्र ढाँट रोड टु यूएफसी सिजन–५ को फाइनलमा

एक्सप्रेस पाना
भाद्र १२, २०८३ शुक्रबार
  • 139
    SHARES
  • रवीन्द्र ढाँट रोड टु यूएफसी सिजन–५ को फाइनलमा

    काठमाडौं । नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन–५ को फाइनलमा स्थान सुरक्षित गरेका छन्।

    images

    संघाइ इन्डोर रंगशालामा शुक्रबार भएको बेन्टमवेट सेमिफाइनलमा रवीन्द्रले न्युजिल्यान्डका कासिब मर्डोचलाई स्प्लिट डिसिजनमा हराउँदै फाइनलको टिकट काटेका हुन्।

    रवीन्द्रसँगको पराजयसँगै मर्डोचको लगातार आठ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ।

    images

    अब रवीन्द्रले उपाधिका लागि जापानका रियो ताजिमासँग फाइनल भिडन्त गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र ढाँट