काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ४३.८९ अंकले घटेर २५१३.४२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन बिहिबार ३ अर्ब ७८ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ६४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २१ कम्पनकिो सेयर मुल्य बढेको छ भने २५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


