शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

एक्सप्रेस पाना
भाद्र १५, २०८३ सोमबार
  • 110
    SHARES
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । 

    images

    उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गर्नु भएको हो । 

    रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको हो ।

    images

    सो अवसरमा कोष सञ्चालक समितिका सदस्य नारायण प्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।