शुक्रबार, भाद्र २६ गते २०८३
images

जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

एक्सप्रेस पाना
भाद्र २१, २०८३ आइतबार
  • 76
    SHARES
  • जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

    काठमाडौं ।जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको समुपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले उक्त स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

    images

    शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।