नेपालमा शुक्रबार दुई हजार ९ सय ७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१ को परीक्षण गर्दा ९९५ मा संक्रमण देखिएको छ ।
कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यो संख्या हिजोको भन्दा केही कम हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक हजार ६ सय ७८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
.jpg)


