काठमाडौं ।
कति आए, कति गए—गीता पाठ गर्ने,
वेद–मन्त्र घोक्ने, अज्ञान–अन्धकारमा रम्ने.......
तर........
सङ्कीर्णताको घेरा.............
जान्दै नजान्ने—कसरी हो तोड्ने???
जबसम्म नमान्ने, नबुझ्ने—को हो माता? अनि को हो पिता?
तबसम्म भड्किन्छौ यता–उता, कता–कता.....???
जब जान्छौ, तब मान्छौ—शिवतन्त्र छ कता?
सर्वत्र, स्वतन्त्र, सधैँ जताततै जहाँ छन् सत्यता.....।।
शिवतन्त्र छ त्यता ।।।
जब सत्य जाग्छ, तब “शवतन्त्र” छ भाग्ने,
जो थिए सदा माग्ने।
शक्तिसहित शिव—शिवशक्ति एक, “दत्तचित्त”,
जो छ सदासाथ, अहंकाररहित ।।
तब.......
“शवतन्त्र”, “शिवतन्त्र”—केही छैन “यन्त्र–मन्त्र” ।
जबसम्म बुझ्दैनौ, आफू को हो भनी आफ्नै तन्त्र,
तन्त्रभित्र लुकेको आफ्नै “स्वतन्त्र शक्ति”—
जुन हो “महामन्त्र” ।।।।
जब जान्छौ “शिवमन्त्र”, तब मान्छौ के अरू तन्त्र???
परतन्त्र त छ है, बाहिर–बाहिर..................
भित्रभित्रै, आफू–आफैँ भने छन् है! सबै स्वतन्त्र ।।।।
जानी–बुझी–मानी–बनी, अनि जो बन्छन् ज्ञानी,
साधना गर्ने बसालौँ है बानी!!!
तब पाउँछौ...........
स्वयम्भित्र उपस्थित “स्वतन्त्र”—
“शिव–शक्ति–मन्त्र–महामन्त्र” ।
महायोगका महामन्त्र—सदाशिवसहित शक्ति,
परम स्वतन्त्र ।।।।
शक्ति के हो? शिव के हो?
त्यो सत्य जसले जान्छ,
अनि........
उसले त्यसलाई जब मान्छ......
न मन्त्र, न पाठ, न तन्त्र,
न अज्ञान, न अन्धकार???
ती “शवतन्त्र” भाग्छन् ।।।
तब..... अन्ततः परम्–सत्य जाग्छ ।
“ईश्वरप्रणिधान — सदाशिवः समर्पणम्”.......
“एकतन्त्र” हुन्छ प्राप्त ।।।
सत्यम् परम् ज्ञानम्...
ज्ञानम् परम् सत्यम्...
सत्यम् परम् शिवम्...
शिवम् परम् सत्यम्...
सत्यम् शिवम् सुन्दरम् ।।।।।।
अनाः नेवाः
.jpg)


