काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि सार्वजनिक बसभित्र आफैंले आगो लगाएपछि गम्भीर घाइते भएका चालकको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको गएराति उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। सोमबार दिउँसो करिब साढे १२ बजे भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
.jpg)


