सोमबार, कार्तिक १७ गते २०८३
images
images

२४ घण्टामा ट्राफिक प्रहरीले ३९६ चालकलाई गर्यो कारबाही

एक्सप्रेस पाना
आश्विन ७, २०८३ बुधबार
  • 110
    SHARES
  • २४ घण्टामा ट्राफिक प्रहरीले ३९६ चालकलाई गर्यो कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    images

    बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५३, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा १९, हर्न निषेधमा ६, लेन क्रसमा ८, अवस्था ठिक नभएको ३, एकतर्फीमा ३ र अन्यमा २४० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    images