सोमबार, कार्तिक १७ गते २०८३
images
images

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

एक्सप्रेस पाना
आश्विन ७, २०८३ बुधबार
  • 315
    SHARES
  • विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । 

    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार विहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् । 

    उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय गर्न पनि सुझाए ।  

    images

    भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद पनि दिए । 

    मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # दीर्घायु कुमार श्रेष्ठ