सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज इन्द्रजात्रा पर्व मनाइँदै

एक्सप्रेस पाना
आश्विन ९, २०८३ शुक्रबार
  • 105
    SHARES
  • आज इन्द्रजात्रा पर्व मनाइँदै

    काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

    images

    वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । 

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 

    images

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा