सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी

एक्सप्रेस पाना
आश्विन ११, २०८३ आइतबार
  • 176
    SHARES
  • नेपाल प्रज्ञा–प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी

    काठमाडौं । पुस्तक तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ।

    images

    असोज ९ गतेदेखि सुरु भएको प्रदर्शनीको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले गरेका हुन्। असोज १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न विधा र विषयसँग सम्बन्धित पुस्तकहरू राखिएका छन्।

    प्रदर्शनीमा साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, बालसाहित्यलगायतका पुस्तकहरू पाठकका लागि उपलब्ध गराइएको छ। विभिन्न प्रकाशक तथा पुस्तक वितरकहरूको सहभागिता रहेको प्रदर्शनीमा पाठकले आफूलाई आवश्यक पुस्तक अवलोकन तथा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

    images

    प्रदर्शनीमा विद्यार्थी, साहित्यप्रेमी, अनुसन्धानकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ। पुस्तक पढ्ने बानीको विकाससँगै पाठकलाई विभिन्न विषयका पुस्तकसँग प्रत्यक्ष जोड्ने माध्यमका रूपमा प्रदर्शनीलाई लिइएको छ।

    पाठकलाई आकर्षित गर्न केही पुस्तकहरूमा विशेष छुटको समेत व्यवस्था गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरूमा सहुलियत मूल्यमा पुस्तक उपलब्ध गराइएको आयोजकले जनाएको छ।

    पुस्तकप्रेमी तथा सर्वसाधारणले असोज १८ गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा पुगेर प्रदर्शनी अवलोकन तथा पुस्तक खरिद गर्न सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # प्रज्ञा–प्रतिष्ठान
  • # पुस्तक प्रदर्शनी