सोमबार, कार्तिक १७ गते २०८३
images
images

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, ८० घरधुरी उच्च जोखिममा

एक्सप्रेस पाना
आश्विन ११, २०८३ आइतबार
  • 191
    SHARES
  • कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, ८० घरधुरी उच्च जोखिममा

    काठमाडौं । पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बढेर बस्तीतर्फ सोझिएपछि ठूलो क्षति भएको हो । 

    images

    नेपाल प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीका २५ घर बाढीले बगाएको छ भने बाँकी घरहरू पनि उच्च जोखिममा परेका छन् । समयमै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।

    पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । बाढीबाट भएको थप क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कालीगण्डकी