शुक्रबार, भाद्र २६ गते २०८३
images

मेयर कप भेट्रान्स कपको उपाधि झापालाई

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 258
    SHARES
  • मेयर कप भेट्रान्स कपको उपाधि झापालाई

    कात्तिक १६ काठमाडौं । एफडी खुमलटार भेट्रान्स क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी 'मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता' को विजेता बनेको छ । 

    images

    मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो । 

    प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए ।

    images

    प्रतियोगितामा झापा अपराजित रहँदै विजेता बन्न सफल भएको हो । 

    लिगकप नकआउट प्रणालीमा खेलाएकाे यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो ।  

    प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले  दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ ।