काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ४ अंकले बढेर २५९५.८१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने सामान्य घटेको छ । शुक्रबार ४ अर्ब ८३ करोडको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ४६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०५ कम्पनिको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


