सोमबार, कार्तिक १७ गते २०८३
images
images

हवाई टिकट नपाएपछि हेलिकप्टर चार्टर गरेर आमालाई भेट्न पुगे भट्ट

एक्सप्रेस पाना
आश्विन २८, २०८३ बुधबार
  • 119
    SHARES
  • हवाई टिकट नपाएपछि हेलिकप्टर चार्टर गरेर आमालाई भेट्न पुगे भट्ट

    काठमाडौँ। दसैँका बेला हवाई टिकट पाउन कठिन भएपछि कञ्चनपुरका भक्तराज भट्ट हेलिकप्टर चार्टर गरेर घर पुगेका छन्। बिरामी आमालाई भेट्न हतारिएका उनले नियमित उडानको टिकट नपाएपछि हेलिकप्टरमार्फत यात्रा गरेका हुन्।

    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरका बासिन्दा भट्ट बेलायतबाट नेपाल आएका थिए। दसैँको समयमा काठमाडौँबाट धनगढी जाने हवाई टिकट नपाएपछि उनले हेलिकप्टरमार्फत महेन्द्रनगर जाने व्यवस्था मिलाएका थिए।

    आमाको स्वास्थ्य अवस्थाका कारण सकेसम्म छिटो घर पुग्न चाहेका भट्टले सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेका थिए। उक्त यात्राका लागि करिब १३ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ। हेलिकप्टरमा भट्टसहित चार जना सवार थिए।

    images

    चाडपर्वका बेला यात्रुको चाप बढ्दा हवाई टिकट पाउन कठिन हुने गरेको छ। यस्तो अवस्थामा हेलिकप्टर चार्टर गरेर गन्तव्यमा पुगेको भट्टको घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

    बिरामी आमालाई भेट्नका लागि गरिएको उनको यो यात्राले पारिवारिक आवश्यकताका लागि गरिएको ठूलो खर्चसँगै चाडपर्वका बेला हवाई टिकटको उपलब्धता र यात्रुले भोग्ने समस्याबारे पनि ध्यानाकर्षण गराएको छ।

  • सम्बन्धित विषय:

  • # भक्तराज भट्ट