काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ७३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब १३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८८ कम्पनिको सेयर मुल्य बढेको छ भने ८० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


