सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै

एक्सप्रेस पाना
कार्तिक ९, २०८३ आइतबार
  • 135
    SHARES
  • कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै

    काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ ।

    images

    हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने गर्दछ ।

    बडादशैंको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

    images

    दसैँको टीका र जमरा लगाउने क्रम समाप्त भएसँगै कोजाग्रत पूर्णिमापछि दसैँको औपचारिक समापन हुने मानिन्छ ।