शुक्रबार, भाद्र २६ गते २०८३
images

अपराजित रहँदै पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 222
    SHARES
  • अपराजित रहँदै पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा

    कात्तिक १७ काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टि-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार भएको सुपर-१२ को समूह-२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । 

    images

    जितका लागि १९० रनको  लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले  ४० रनको योगदान दिए ।

    ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १/१ विकेट लिए ।

    images

    यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए । 

    समूह-२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

    समूह-१ मा  इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका  चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।