काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ०.९४ अंकले बढेर २६३०.७६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेर बन्द भएसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्बको कारोबार भएको बजारमा आज ५ अर्ब ७९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३५ कम्पनिको सेयर मुल्य बढेको छ भने १३६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


