काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३३.२९ अंकले बढेर २६६४.०६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २४१ कम्पनिको सेयर मुल्य बढेको छ भने ३५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


