बिहीबार , कार्तिक २७ गते २०८३
images
images

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

एक्सप्रेस पाना
कार्तिक २४, २०८३ सोमबार
  • 78
    SHARES
  • स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेसी क्षेत्रको यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

    images

    गत भदौ १० गते आएको बाढीले स्याफ्रुबेसीस्थित पुल बगाएपछि उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । त्यसपछि स्थानीयले आवागमन सहज बनाउन काठेपुल निर्माण गरेका थिए । तर, कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठेपुलसमेत बगाएपछि यातायात सेवा फेरि ठप्प भएको थियो ।

    हाल स्थानीय सरोकारवाला निकायहरूको सामूहिक पहलमा सोही स्थानमा नयाँ पुल निर्माण गरिएको छ । नवनिर्मित पुल आजदेखि सञ्चालनमा आएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # स्याफ्रुबेसी