बिहीबार , कार्तिक २७ गते २०८३
images
images

राष्ट्रपति पौडेलले लगाए भाइटीका

एक्सप्रेस पाना
कार्तिक २६, २०८३ बुधबार
  • 37
    SHARES
  • राष्ट्रपति पौडेलले लगाए भाइटीका

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् ।

    टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् ।

    images

    नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।