सोमबार, कार्तिक १७ गते २०८३
images
images

जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट    

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 365
    SHARES
  • जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट    

    जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।     
         
     बिहीबार निर्वाचन आयोगले यही साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि आज अध्यक्ष ठाकुरले उक्त रिट निवेदन दायर गर्नुभएको हो ।     
         
     निर्वाचन आयोगले आधिकारिकताको विवादमा जसपाका कार्यकारिणी समिति सदस्यलाई परिचयपत्रको सक्कलप्रतिसहित उपस्थित हुन आदेश गरेको थियो । जसपामा भएका दुई अध्यक्ष उपेन्द्र यादव र ठाकुरमध्ये कार्यकारिणी समितिमा यादवको बहुमत देखिएको र अध्यक्ष ठाकुर पक्षको दाबी नै नपुग्ने देखिएपछि आफ्नो पार्टीको विभाजन र आधिकारिकताको निर्णय तत्काल रोक्न आदेशका माग गरिएको छ ।     
         
     रिट निवेदनमा आफूले कारबाही गरेपछि संशोधन गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्नेमा आयोगले हकदैया नै नभएको विषयवस्तुमा प्रवेश गरेको उल्लेख छ । रासस
        

    images