शुक्रबार, भाद्र २६ गते २०८३
images

लिभरपुल अन्तिम १६ मा, पोर्टाे र एसी मिलानले अंक बाँडे

एक्सप्रेस पाना
कार्तिक १८, २०७८ बिहीबार
  • 327
    SHARES
  • लिभरपुल अन्तिम १६ मा, पोर्टाे र एसी मिलानले अंक बाँडे

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस ला लिगा फुटबल क्लब एट्लेटिको मड्रिडलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टाे र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् ।  1635993321139.jpg

    images

    बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

    घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । ३६औं मिनेटमा फिलिपेले सिधै रातो कार्ड ब्यहोरेपछि एट्लेटिको मड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।  1635993343461.jpg

    images

    समूह ‘बी’ को अर्काे खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टाेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टाेका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे । 

    समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ ।