शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टरको जित

एक्सप्रेस पाना
कार्तिक १८, २०७८ बिहीबार
  • 235
    SHARES
  • च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टरको जित

    कात्तिक १८ काठमाडौं । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जित निकालेका छन् । 

    images

    बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।    1635995742044.jpg

    घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए । साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए ।

    images

    समूह ‘डी’ कै अर्काे खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३-१ गोल अन्तरले पराजित गर्‍यो । 

    इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान १/१ गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए । 

    उक्त जितसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ । इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ ।