शुक्रबार, भाद्र २६ गते २०८३
images

शीर्ष डिभिजनका चार क्लबलाई एएफसी लाइसेन्स

एक्सप्रेस पाना
कार्तिक १८, २०७८ बिहीबार
  • 341
    SHARES
  • शीर्ष डिभिजनका चार क्लबलाई एएफसी लाइसेन्स

    कात्तिक १८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले एएफसी लाइसेन्स प्राप्त गरेका छन् । 

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएअनुसार शीर्ष डिभिजनका चार क्लबले  एएफसी लाइसेन्स पाएका हुन् ।

    लाइसेन्स पाउनेमा गत सिजन लिग विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रो भएको मनाङ मर्स्याङदी क्लब र एपीएफ फुटबल क्लब रहेका छन् । 

    images

    एन्फाले चार क्लबलाई 'फष्ट इन्स्टान बडी' मान्यता दिएको जनाएको छ ।  गत सिजनमा एएफसीले आर्मी फुटबल क्लबलाई मात्रै लाइसेन्स मान्यता दिएको थियो । सोही अनुसार लिग उपविजेता आर्मी एएफसी कप छनोटको प्लेअफमा खेलेको थियो ।