शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : नामिवियामाथि न्यूजिल्याण्डले निकाल्यो ५२ रनको जित

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 307
    SHARES
  • टि-२० विश्वकप : नामिवियामाथि न्यूजिल्याण्डले निकाल्यो ५२ रनको जित

    कात्तिक २० काठमाडौं । जारी टि-२० विश्वकपमा न्यूजिल्याण्डले नामिवियालाई पराजित गर्दै तेस्रो जित निकालेको छ । नामिवियालाई ५२ रनले पराजित गर्दै न्यूजिल्याण्डले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

    images

    सुपर १२ को समूह ‘२’ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रन मात्र बनाउन सक्यो । नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे ।

    न्यूजिल्याण्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई-दुई विकेट हात पारे भने मिसेल सान्टनर, जेम्स निशान र इश सोधी एक-एक विकेट हात पारे ।

    images

    यसअघि ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय ६३ रन जोडेको थियो । जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोडे भने जेम्स निशानले ३५ रनको योगदान गरे । त्यस्तै कप्तान केन विलियम्सन २८ रनमा आउट भए ।

    उक्त जितसँगै न्यूजिल्याण्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नामिविया भने प्रतियोगिताबाट बाहिरिएको छ ।