शुक्रबार, भाद्र २६ गते २०८३
images

बार्सिलोनाको मुख्य प्रशिक्षकमा पूर्व खेलाडी जाभी नियुक्त

एक्सप्रेस पाना
कार्तिक २०, २०७८ शनिबार
  • 269
    SHARES
  • बार्सिलोनाको मुख्य प्रशिक्षकमा पूर्व खेलाडी जाभी नियुक्त

    एजेन्सी । स्पेनीस ला लिगा फुटबल क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन् । रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकका लागि बार्सिलोनाले जाभीलाई नियुक्त गरेको हो ।

    images

    बार्सिलोनाबाट क्लबका तीन जना पदाधिकारी कतार पुगेर जाभी प्रशिक्षक रहेको क्लब अल सादसँग कुरा गरेपछि उनलाई बार्सिलोना फर्काउन राजी भएको हो । पछिल्लो समय बार्सिलोनाले कोयम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

    स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार रुपमा खराब प्रदर्शन गरिरहेको छ । अहिले बार्सिलोना नवौं स्थानमा रहेको छ । जाभीले खेलाडीको रुपमा १७ वर्ष बार्सिलोनाको लागि खेल्दै सन् २०१५ मा क्लब छाडेका थिए ।

    images

    ४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसीप जिताएका थिए ।

    त्यसपछि उनी कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।