शुक्रबार, भाद्र २६ गते २०८३
images

म्यानचेस्टर डर्बी : युनाइटेडको मैदानमा सिटी विजयी

एक्सप्रेस पाना
कार्तिक २०, २०७८ शनिबार
  • 284
    SHARES
  • म्यानचेस्टर डर्बी : युनाइटेडको मैदानमा सिटी विजयी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली सिटीले २-० गोलको जित निकालेको हो । 

    images

    पाहुना टोली सिटीको जितमा बर्नान्डो सिल्भाले १ गोल गरे । सिटीले एउटा आत्मघाती गोल उपहारमा पाएका थियो । 

    खेलको सातौं मिनेटमा युनाइटेडका इरिक बेलीले आत्मघाती गोल गर्दै सिटीलाई १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४५औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० गोलको अग्रता दिलाए । र, बाँकी समय गोल नहुँदा सिटीले २-० गोलको जित निकाल्यो । यी दुबई गोल पहिलो हाफमा सम्भव भएको थियो ।

    images

    उक्त जितसँगै दोस्रो स्थानको सिटीले ११ खेलमा २३ अंक जोड्यो । युनाइटेड भने १७ अंकका साथ पाँचौँ स्थानमा छ ।