शुक्रबार, भाद्र २६ गते २०८३
images

चेल्सी बर्नलीसँग रोकियो

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 310
    SHARES
  • चेल्सी बर्नलीसँग रोकियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको ११औं चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । 

    images

    शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । 

    स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे । 

    images

    उक्त बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ । 

    दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ ।  म्यानचेस्टर डर्बीमा सिटीले युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।  नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रीस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले ।