शुक्रबार, भाद्र २६ गते २०८३
images

नेयमारको दुई गोलमा पिएसजी विजयी

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 468
    SHARES
  • नेयमारको दुई गोलमा पिएसजी विजयी

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शाबिार राति भएको खेलमा पिएसजीले बोर्डेक्समाथि जित हात पारेको छ । पाहुना टोली पिएसजीले बोर्डेक्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images

    पिएसजीको जितमा नेयमारले २ गोल गरे भने किलियन एम्बाप्पेले १ गोल गरेका थिए । नेयमारले खेलको २६औं र ४३औं मिनेटमा गोल गरेका थिए भने एम्बाप्पेले खेलको ६३औ मिनेटमा गोल गरेका थिए ।

    त्यस्तै बोर्डेक्सका लागि अल्बेर्थ एलिसले खेलको ७८औ मिनेटमा र एम बाए निआंगले खेलको ९२औं मिनेटमा गोल गरेका थिए । यस खेलमा पिएसजीका लियोनेल मेसी इन्जुरीका कारण खेलेका थिएनन् ।

    images

    उक्त जितसँगै पिएसजीको १३ खेलमा ३४ अंक बनाए र दोस्रो स्थानमा रहेको लेन्सभन्दा १० अंकले अगाडी रहेको छ । यता पराजित बोर्डेक्सको भने १३ खेलमा १२ अंकसहित लिगमा १६औ स्थानमा रहेको छ ।