एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले रायो भालेकानोलाई पराजित गरेको छ । गएराती सम्पन्न भएको खेलमा रियल मड्रिडले रायोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली रियलको जितमा टोनी क्रुज र करिम बेन्जमाले १/१ गोल गरेका थिए । क्रुजले खेलको १४औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने बेन्जमाले खेलको ३८औं मिनेटमा रोयलको अग्रतालाई दोब्बर पारेका थिए ।
त्यस्तै रायोले खेलको ७६औं मिनेटमा राडामेल फाल्काओको गोलमा खेलमा फर्किने प्रयास गरेको थियो । तर त्यसपछि बाँकी कुनै गोल गर्न सकेन र खेल रियलले २-१ ले जित्यो ।
उक्त जितसँगै रियल मड्रिडले १२ खेलबाट २७ अंक बनाउँदै लिगमा शिर्ष स्थानमा कायम रहेको छ । यता पराजित रायो भलेकानोको १३ खेलमा २० अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।


